खुसी [Khusi] || भाग 2 || विजय कुमार पाण्डे || Narrated by Pushpa Gurung

Nepali Books Audible - A podcast by AUDIBLE NEPAL

Categories:

ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् । यो पुस्तकमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरू मात्र छैनन् । साधारण ठानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियालाई लेखकले यसरी केलाएका छन्, पढ्नेहरू छक्क पर्न सक्छन् । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र तिक्खर सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चियाउने एउटा आँखीझ्याल पनि हो । यसमा अध्यात्म छुट्ने कुरै भएन । पढेपछि सजिलै बिर्सन नसकिने खालको पुस्तक हो यो । आखिर जीवनमा खुसीको खोज कसलाई पो नहोला र ! विजय कुमार बहुचर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’का प्रस्तोता हुन् । नेपाल साप्ताहिकका संस्थापक सम्पादक रहेका उनी स्तम्भकार पनि हुन् । Khusi (Nepali: खुसी) is a autobiographical book by Vijay Kumar Pandey. It was published in 2014 by FinePrint Publications and won the prestigious Madan Puraskar that year. The title of the book means happiness in Nepali language. Pandey is a Nepalese television presenter. The book depicts his story and is collection of his various experiences. The book won the prestigious Madan Puraskar for 2014.